पोखरा / गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्राडा कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा शंकर बिरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६ बमोजिम उनीहरुलाई मंगलबार नियुक्त गरेका हुन । मुख्यमन्त्री पाण्डेले प्रतिष्ठानको सर्बोच्च निकायका रुपमा रहेको प्राज्ञ सभामा आजै २४ सदस्य मनोनित गरेका थिए ।
कुलपतिमा नियुक्त पर्वतको पैँयु गाउँपालिका– ६ स्थायी घर भएका न्यौपाने लोकसाहित्यमा विद्यावारिधी हुन् । यसैगरी उपकुलपतिमा नियुक्त स्याङजाको बिरुवा–८ का गुरुङ गायन रचना र सदस्य सचिव (भानु–८ तनहुँ) श्रेष्ठ गायन नृत्यमा सक्रिय छन् ।
ऐनको दफा ८(१) बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा ऐनको दफा ७ उपदफा (२) (घ) अनुसार विभिन्न साहित्य, भाषा, संगीत, कला तथा संस्कृतिका क्षेत्रमा योगदान पु¥याएका २४ जनालाई चार वर्षका लागि प्राज्ञ सभाको सदस्य पदमा मनोनयन गरेका हुन् ।
मनोनीत हुनेमा अनुराग अधिकारी (पोखरा), इन्द्रमान खत्री (पर्वत), ईश्वरीप्रसाद भुषाल (नवलपुर), प्रा.डा. ईश्वरचन्द्र वाग्ले (तनहुँ), कमलप्रसाद पौडेल ‘अथक’ (स्याङ्जा), कृष्णकुमार गुरुङ (पर्वत), प्रा.डा. कुसुमकुमार न्यौपाने (पर्वत), गायत्री पराजुली (कास्की), चोलेन्द्र पौडेल (कास्की), दुर्गादेवी पौडेल आचार्य (तनहुँ), पवित्रा घिमिरे (कास्की), बाबुराम बस्ताकोटी (कास्की), बालकाशी गुरुङ (कास्की), भूपेन्द्र बानियाँ (स्याङ्जा), मनकुमार श्रेष्ठ (तनहुँ), रामभक्त जोजिजु (कास्की), राजेन्द्रप्रसाद पौडेल (कास्की), वसन्त अधिकारी (लमजुङ), डा. विरेन्द्र पुडासैनी (गोरखा), शंकर विरही गुरुङ (स्याङ्जा), शान्ता वास्तोला (तनहुँ), शान्ति भुषाल (पर्वत), सज्जु महतो धनेत (नवलपुर) र हरिमाया श्रेष्ठ (कास्की) रहेका छन्।

मनोनीत सदस्यहरू साहित्य, भाषा, संगीत, लोकसाहित्य, लोकसंस्कृति, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय, गायन तथा संस्कृतिका विभिन्न विधासँग आबद्ध व्यक्तित्व हुन् । प्रदेश सरकारले प्रतिष्ठानमार्फत भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रज्ञा–सभाको गठनलाई पूर्णता दिएको जनाएको छ ।
मुख्यमन्त्री पाण्डेले मनोनीत सदस्यहरूलाई आफ्नो अनुभव र सिर्जनात्मक क्षमतामार्फत गण्डकी प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।






