शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लोमान्थाङमा बन्यो नयाँ मोटरेबल पुल, यात्रुलाई सहज

लोमान्थाङमा बन्यो नयाँ मोटरेबल पुल, यात्रुलाई सहज

पुल सञ्चालनमा आएपछि कोरला नाका अवलोकन गर्न आउने पर्यटकलाई सहज हुनेछ ।


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

जोमसोम / उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा नयाँ मोटरेबल निर्माण भएको छ । नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका छन् ।

करिब रु ७५ लाख ४५ हजार लागतमा निर्माण भएको ८ दशमलव ५ मिटर लामो पुलले लोमान्थाङ–१ र २ लाई जोडेको छ । पुल निर्माणपछि निफुक गुम्बा, झोङ गुफा र गर्फु गुम्बासम्म पुग्न पनि सहज भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको बताए । पुल सञ्चालनमा आएपछि कोरला नाका अवलोकन गर्न आउने पर्यटकलाई सहज हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->