शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हेमकलाको परिवारलाई नगरपालिकाको आर्थिक सहयोग

हेमकलाको परिवारलाई नगरपालिकाको आर्थिक सहयोग


  • ढाेरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

बागलुङ/गत असार १२ गते करेण्ट लागेर ज्यान गुमाएकी गलकोट नगरपालिका वडा नं. ३ हटिया बौराचौतारा निवासी हेमकला भण्डारीको परिवारलाई गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मृतक भण्डारीको निवासमै पुगेर ५० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेका हुन् । मृतक भण्डारीका ३ छोरी, १ छोरा र श्रीमान छन् ।

नगरप्रमुख गैरेले मृतक भण्डारीप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दै नगरबासी नागरिकका पीडामा स्थानीय सरकारले सहकार्य गरिरहेको बताए । कार्यक्रममा गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष फमबहादुर खत्री, वडा सचिव चन्द्रबहादुर श्रीस, कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठको उपस्थिती रहेको थियो ।

गत असार १२ गते गलकोट नगरपालिका वडा नं. ७ बाह्रमुरीमा आफनी दिदीको खेतमा धान रोप्ने क्रममा खेतमा रहेको फलामको पोलमार्फत करेण्ट प्रवाह हुँदा ५२ वर्षिय भण्डारीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->