शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार आचार्यलाई टिका धन, थापालाई विकास स्मृति पुरस्कार

पत्रकार आचार्यलाई टिका धन, थापालाई विकास स्मृति पुरस्कार


  • ढाेरपाटन संवाददाता
  • असार २५ २०८३, बिहिबार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले रजत महोत्सवको अवसरमा जिल्लामा क्रियाशिल दुइ पत्रकारलाई पुरस्कृत गरेको छ ।

बागलुङ शाखाले स्थापना गरेको ‘टिका–धन पत्रकारिता पुरस्कार’बाट नेपाल टेलिभिजनका संवाददाता किरण आचार्य र ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’बाट आदर्श अनलाइनका पत्रकार विनोद थापालाई पुरस्कृत गरेको हो ।

हाँक साप्ताहिकबाट पत्रकारिता शुरु गरेका आचार्य हाल नेपाल टेलिभिजनमा आवद्व छन् । आचार्य साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । रेडियो ढोरपाटनबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थापा हाल आदर्शसञ्चार अनलाइन र न्यु २४ टेलिभिजनमा कार्यरत छन् ।

महासंंघका सदस्य समेत रहेका मित्रलाल खरेलले आफ्ना बाबुआमाको स्मृतिमा ‘टिकाधन पत्रकारिता पुरस्कार कोष स्थापना गरेका छन् । त्यस्तै पुर्व पत्रकार बिकास पौडेलको स्मृतिमा उनकी पत्नि रचना आचार्य र भाई बिष्णुराज पौडेलले ‘बिकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरेका छन् । पौडेलको कोरोना संक्रमणले २०७८ सालमा निधन भएको थियो ।

२०५७ सालमा बिदुर खड्काको संयोजकत्वमा गठन भएको महासंघ संस्थागत रुपमा पहिला धौलागिरि शाखा र अहिले बागलुङ शाखाको रुपमा काम गर्दै आएको छ । महासंघले अन्य कोषबाट पनि पत्रकार पुरस्कार र सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->