शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लापसे गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा

लापसे गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा

प्रहरी नियन्त्रणमा रहेका सवारी चालकलाई अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको थप गरिएको प्रनाउ त्वातीले बताए ।


  • ढाेरपाटन संवाददाता
  • असार २६ २०८३, शुक्रबार

बागलुङ/लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा चार जना सवारी चालकले लागुपदार्थ सेवन गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागलुङ नगरपालिका–१ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा चेकजाँचको क्रममा इभि चालक प्रेमबहाुर दर्जी, बोलेरो जिप चालक दिपक थापा, दिपशे घर्ति र मिनी ट्रक चालक उत्तम नेपालीले लागुऔषध सेवन गरी सवारी चलाईएको पाईएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका सवारी चालकलाई अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको थप गरिएको प्रनाउ त्वातीले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईं, ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीषक मिनबहादुर कुँवरसहित दश जनाको टोली लागुपदार्थ सेवन चेकजाँचमा खटिएका थिए ।

अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण घटेको पाईएपछि प्रहरीले सवारी चालकले लागुपदार्थ सेवन गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण र सचेतनामुलक स्टीकर टाँस्ने अभियान चलाएको छ । चालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो बढेपछि प्रहरीले यो अभियान चलाएको हो ।

ट्राफिकले सवारी दुर्घटना न्युनिकरण गर्न ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ । राजमार्गमा नियमित अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाउँदै आएको कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->