बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रास्वपाको केन्द्रिय सदस्यमा बागलुङका सोम शर्मा नै बिजय भएको घोषणा

रास्वपाको केन्द्रिय सदस्यमा बागलुङका सोम शर्मा नै बिजय भएको घोषणा

शर्माको उजुरीमा सुनुवाई गर्दै केन्द्रिय निर्वाचन आयोगले गर्यो निर्णय


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८३, शनिबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । रास्वपाको केन्द्रिय निर्वाचन आयोगले गण्डकीको भूगोलबाट सोम शर्मा नै निर्वाचित भएको घोषणा गरेको छ । सो पार्टीको चितनवमा भएको प्रथम महाधिवेशनबाट गण्डकी प्रदेशमा भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित घोषणा भएका शर्माको नाम अन्तिम सूचीमा हटाइएको थियो ।

आफ्नो नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएपछि उनले पार्टीको केन्द्रिय निर्वाचन आयोगमा उजुरी दिएका थिए । सोही उजुरी उपर अन्तिम सुनुवाई गर्दै पार्टीको केन्द्रिय निर्वाचन आयोगले सोम शर्मालाई नै केन्द्रिय सदस्यमा निर्वाचित भएको निर्णय गरेको हो । शर्मा बागलुङ निर्वाचन क्षेत्र नं. २ मा रास्वपाबाट निर्वाचित संघिय सांसद हुन् ।

निर्वाचन आयोगको निर्णयमा भनिएको छ- ‘गण्डकी प्रदेशगत प्रतिनिधित्वतर्फ केन्द्रिय सदस्य चयन गर्दा सर्वाधिक म प्राप्त गर्ने क्रमअनुसार शीर्ष ४ जना उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने ।, पाँचौ सदस्यको रुपमा समबन्धित प्रदेशकम सवैभन्दा बढि जनसंख्या भएको जातीय कलस्टर समुहका उम्मेदवारहरु मध्ये सर्वाधिक मत प्राप्त गर्ने एक जना उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने ।’

केन्द्रिय निर्वाचन आयोगको उल्लेखित निर्णय अनुसार गण्डकीबाट शिर्ष ४ जनामा सोम शर्मासहित पवित्रा थापा, मनिष खनाल र सागर भुसाल चार जना निर्वाचित भएकोको निर्वाचन आयोग प्रमुख भुवन केसीले बताए । पाँचौं नं. सर्वाधिक मत पाउने विष्णु कुमारी गुरुङ निर्वाचित भएकी छन् ।

निर्वाचित पाँच जनाले नै निर्वाचन आयोगको पत्र बुझेका छन् । अव उनीहरुलाई केन्द्रिय सदस्यको सपथ गराएर औपचारिकता दिईने भएको छ । निर्णयको जानकारी पहिलो उजुरीकर्ता पूजा बास्तोलालाई पनि दिइएको छ । बास्तोलाको उजुरीपछि शर्माको नाम हटाएर उनलाई घोषणा गरिएको थियो ।

पत्र प्राप्त गरेपछि शर्माले आफुलाई केन्द्रिय निर्वाचन आयोगले विधिसम्मत रुपमा न्याय गरेको बताए । महाधिवेशनमा शर्माले ९९३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->