बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किम्रुङखोलामा आएको बाढीले व्यापक क्षति

किम्रुङखोलामा आएको बाढीले व्यापक क्षति


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार
फाइल तस्विर

मोदीखोलामा आएको बाढीले पुर्याएको क्षति । तस्बिर : ढोरपाटन
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–११, किम्रुङखोलामा अविरल वर्षाका कारण आएको बाढीले व्यापक क्षति पु¥याएको छ । अन्नपूर्ण गाउँपालिका–११ को किुम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलामा समेत पानीको बहाव ह्वात्तै बढेको छ । बाढीले खोला किनारका विभिन्न स्थानहरूमा क्षति पु¥याएको छ ।

सेउली बजार नजिकै रहेका केही खाजा घरहरू बाढीले बगाएको छ भने नयाँपुल–घान्द्रुक मोटरबाटोको केही भाग पनि बगाएर यातायात अवरुद्ध भएको छ । प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ ।

गाउँपालिका अध्यक्ष विष्णु बहादुर कसेीले घटनाप्रति दुख व्यक्त गर्दै मोदी खोलाको जलसतह अत्यधिक उच्च रहेकाले मोदी खोला तथा किम्रुङखोला आसपास बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन तथा नदी किनारमा नजान हार्दिक अनुरोध गरेका छन् । उनले उद्धार, राहत र अन्य आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसंग आग्रह गरेका छन् ।

बाढीले पु¥याएको क्षति निरीक्षणमा खटिएका अध्यक्ष केसीले अन्नपूर्ण–८ र १० को सिमाना सेउलिबजार छौं, मोदी खोलाले सडक कटान गरेको, घान्द्रुक जाने सडक पुर्ण रुपमा बन्द भएको, दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पुर्ण बाढीले बगाउनुका साथै जगन पुनको रेस्टुरेन्टमा क्षति पुगेको जानकारी दिए । केसीका अनुसार, बाढीले सो क्षेत्र अन्य घरहरू समेत जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->