शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे


  • ढाेरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

तनहुँ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । जिल्लाको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, तनहुँमार्फत निर्माण सम्पन्न भएको उक्त पुल निर्धारित समयभन्दा करिब सात महिना अगाडि सम्पन्न हुनु विकास निर्माणको क्षेत्रमा सकारात्मक सन्देश भएको उनले उल्लेख गरे । “यो पुल गुणस्तरीय र समयमै विकास आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ,” मुख्यमन्त्री पाण्डेले भने, “योजना निर्माणमा सबै पक्षको समन्वय र प्रतिबद्धता भए तोकिएको समयअघि नै काम सम्पन्न गर्न सम्भव हुन्छ ।” पुलले स्थानीयवासीको आवागमन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास उनले लिए ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पुल निर्माण पछि यहाँका जनताको आवागमनमा सुविधा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->