शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्खाल भत्किँदा बालकको मृत्यु

पर्खाल भत्किँदा बालकको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

बागलुङ/घरको पर्खाल भत्किँदा बालकको मृत्यु भएको छ । आइतबार साँझ ढोरपाटन नगरपालिका वडा नं. २ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका वडा नं. ५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचनाक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । पर्खालले पुरिएर गम्भीर घाइते बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->