बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टल्किने ‘क्रिस्टल’लाई बहुमूल्य पदार्थ भन्दै ठगी गर्ने ६ जना पक्राउ

टल्किने ‘क्रिस्टल’लाई बहुमूल्य पदार्थ भन्दै ठगी गर्ने ६ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

पोखरा/  टल्किने क्रिस्टललाई बहुमूल्य पदार्थ भएको भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरपालिका–१८ का दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने तथा फूलको कोपिलालाई तत्काल फूलमा परिणत गर्न सक्ने ‘अद्भुत शक्तियुक्त बहुमूल्य क्रिस्टल’ रहेको भन्दै फोटो र भिडियो देखाएर विश्वास दिलाएका थिए। त्यसपछि तिमिल्सिनाबाट १० लाख रुपैयाँ ठगी गरि लिई गएका थिए ।

प्रहरीका अनुसार ठगीपछि उनीहरूले पुनः पीडितसँग २० लाख रुपैयाँ माग्दै रकम नदिए विभिन्न प्रकारका धम्कीसमेत दिएका थिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले सोमबार बिहान पोखरा महानगरपालिका–२६ कालिकास्थान क्षेत्रबाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट क्रिस्टलजस्तो देखिने सेतो लाम्चो वस्तु एक थान, काठको फोल्डिङ बट्टा, चार्जर तथा ६ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दकिो मालिका–४ का डिलबहादुर बुढाथोकी, म्याग्दीकै रघुगंगा–५ का दीपक गोतामे, पोखरा–२८ का प्रेमचन्द विश्वकर्मा, पर्वतको फलेबास– ५ का राजन विश्वकर्मा, रोशनी सुनार र खैसरा सुनार रहेका छन् । उनीहरु विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->