शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरोले गलकोट–ताराखोला सडक अवरुद्व

पहिरोले गलकोट–ताराखोला सडक अवरुद्व


  • ढाेरपाटन संवाददाता
  • असार ३० २०८३, मंगलबार

बागलुङ/पहिरोले पश्चिम बागलुङका दुई पालिका गलकोट र ताराखोला जोड्ने सडक अवरुद्व भएको छ । मंगलबार बिहान ताराखोला गाउँपालिका वडा नं. ३ को घुस्मेलीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक (प्रनि) डम्बर बहादुर बोहराले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समय लाग्ने बोहराको भनाई छ ।

सडक अवरुद्ध हुँदा गलकोट र ताराखोला आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । ताराखोलामा अहिले असारे पर्वको अवसरमा करिमेलामा मेला चलिरहेको छ । सडक अवरुद्व हुँदा मेला भर्न गएका र फर्किनेहरु प्रभावित भएका छन् । बस्ती माथिबाट खसेको पहिरोले सडक अवरुद्व गरेपनि भौतिक र मानवीय क्षति भने नभएको प्रनि बोहराले बताए ।

यो गलकोटको हटिया–हरिचौर–ताराखोला हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ रुम जोड्ने रणनीतिक सडक हो । सडक अवरुद्व भएपछि बिहुँको रिजालचोकदेखि अर्गलहुँदै करिमेला जोड्ने जीर्ण सडकमा सवारी आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->