
बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आगामी एक वर्षभित्र २७ हजार ७ सय शेयर सदस्य पु¥याउने लक्ष्य राखेको छ । सदस्य संख्या बढाएर आम नागरिकमा सहकारी प्रतिको विश्वास बढाउने सिवाईसीको योजना छ ।
सहकारीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जानकारी गराउँदै अध्यक्ष चण्डीप्रसाद शर्माले शेयरपूँजिलाई ३८ करोड ८७ लाखबाट ३९ करोड १२ लाख पु¥याउने, जगेडा कोषको रकम २० करोड १६ लाखबाट बढाएर २० करोड ७३ लाख, अन्य कोष पनि २ करोडबाट बढाएर ३ करोड १७ लाख बनाउने योजना रहेको सुनाए ।
हाल सिवाईसी बचत तथा ऋण सहकारीमा १ अर्ब ६६ करोड ५६ लाख रहेकोमा आगामी वर्ष बढाएर १ अर्ब ७९ करोड ७२ लाख पु¥याइने भएको हो । तरलता रकम पनि पर्याप्त रहेकोले आवस्यक पर्दा बचतकर्तालाई फिर्ता गर्न तयार भएकोले सहकारी प्रतिको विश्वास समेत बढेको शर्माको दाबी छ ।
एक वर्षमा १ हजार ५ सय जना शेयर सदस्य थप गरेर आम नागरिकलाई सहकारीप्रतिको विश्वास बढाउने, सहकारी शिक्षा गाउँतहसम्म लैजाने पनि योजनामा उल्लेख छ । हाल सहकारीको २५ वटा सेवा केन्द्रको फरक फरक व्यवस्थापन समिति बनेकोले सम्बन्धीत स्थानका शेयर थप हुँदा सोही स्थानमा व्यवस्थापन गरिने गरिएको छ ।
अधिकार विकेन्द्रित गरेर संस्थाप्रति उत्तरदायी बनाउँदा सहकारीप्रति आएको नराकात्मक सन्देशका बिच पनि सिवाईसीले राम्रो व्यवस्थापन गर्न सकेको हो । ‘सहकारीका संचालक र कर्मचारीले घडेरीमा लगानी गरे भने जनताको पैसा हिनामिना हुन्छ, बरु सस्तो व्याज दरमा जनतालाई लगानी गर्दा बचत सुरक्षित हुन्छ’ शर्माले भने, ‘हामीले जनतालाई नै सामान्य व्याजदरमा लगानी गर्दा जनताले इमान्दार भएर ऋण पनि तिर्नुभएको छ ।’
बैंकमा भन्दा सहकारीमा विश्वास गर्ने बनाउन सिवाईसीले सकेको उनको दाबी समेत छ । ‘धनीले ऋण तिर्दैनन्, तर नागरिकहरु इमान्दार छन्’ शर्माले भने, ‘हामीले अधिकांस ऋण इमान्दार नागरिकमा प्रवाह गरेका छौं ।’ हुनेखानेको रकम हुँदाखानेसम्म लगेर उनीहरुलाई पनि सम्पन्न बनाउने लक्ष्य सिवाईसीले राखेको उनले सुनाए ।
जोखिम मोल्ने कोष पर्याप्त भएको, शेयर सदस्यहरु नै लगानीकर्ता र ऋणी भएकोले सहकारी प्रतिको नकारात्मक धारणा आइरहेपनि सिवाईसीले प्रगती गरिरहेको शर्माको भनाई छ । एकादुइ सहकारीमा आएको समस्याले सिवाईसीमा प्रभाव नपरेको शर्माले बताए । केही समयअघि मर्जरमा गएको सिवाईसीले गुणस्तरीय सेवामा काम गर्ने लक्ष्य राखेको छ ।
सिवाईसीका सबै शाखालाई डिजिटल समेत बनाइएको छ । साथै अबको वर्षदेखि बजार प्रतिनिधि नचाहिने खालको सहकारी बनाउन लागिएको पनि उनले जानकारी दिए । सहकारीभित्र श्रम ऐन र न्युनतम पारिश्रमिकको पनि व्यवस्थापन गरिएको, सुशासन र क्षमता विकास गर्दै गुणस्तरीय सेवा प्रवाहमा कर्मचारीलाई परिचालित गरिएको छ ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत सहकारीले आफ्नो कार्यक्रम र अहिले सम्मका भएका गतिविधि जानकारी गराएको हो । सहकारीका अध्यक्ष शर्माको अध्यक्षता, सह–सचिव सुवास आचार्यको संचालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले शुभकामना मन्तव्य राखेका थिए ।





