खर्बाङ (बागलुङ) / पछिल्लो एक हप्तादेखि बडिगाड गाउँपालिका ३ सिसाखानी जाने सडक अबरुद्ध थियो । निरन्तरको झरीले जोर्तीखोलाको बाधमा क्षती गरेपछि सडक अबरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गदेखि सिसाखानी जोड्ने छोटो दुरीको सडक अबरुद्ध हुदाँ यात्रु बैकल्पिक र लामो बाटो प्रयोग गर्न बाध्य थिए स्थानीय ।
तर स्थानियको श्रमदानबाट जोर्तीखोलामा अस्थायी बाँध निमार्ण गरेपछि चम्लाफेदसम्म सडक सुचारु भएको छ । त्यसभन्दा माथि सिसाखानीसम्म भने सडक अबरुद्ध नै छ । बडिगाड ३ का स्थानियको कृयतामा आज दिनभरको प्रयासबाट बाध निमार्ण गरिएको बडिगाड ३ का स्थानीय गोपि काउछाले जानकारी दिए ।
“पहिला बाध निमार्ण गर्दा बाँकि रहेका केहि जालिको प्रयोग गरेर स्थानियको सकृयतामा बाध बनाएका छौ” काउछाले भने “स्थानियले साथ दिनुभयो मैले दिनभरको खाजा सहित आफै पनि श्रमदानमा सहभागि भए ।” यस्तै गत सोमबार गते साँझ निरन्तरको पानीले बडिगाड २ बयरबोट बस्ती माथि पहिरो गयो । स्थानियले समयमै भल तर्काउदा थप क्षती हुन पाएन । त्यो रात स्थानियले करिब ११ बजेसम्म भल तर्काउने काम गरे ।
मंगलबार दिनभर वडाध्यक्ष ढालप्रसाद शेरचन, वडासदस्य सरस्वती राना लगाएत स्थानियले श्रमदानबाटै भलको निकास निकालेका छन । स्थानिय प्रताप घिमिरेका अनुशार बडिगाड २ मैदानमा बाटो बिस्तार गर्दा भल निकासको पाईप पुरिएपछि जोखिम बढेको थियो ।
“यहाँ बाटो विस्तारको काम हुदाँ भल निकासको पाईप पुरियो निमार्ण पक्षले यसलाई सामान्य सोचेर व्यवस्थापनको काम गरेन,” घिमिरेले भने । बडिगाड गाउँपालिकाले भल निकासको लागि आवश्यक थप पाईपको व्यवस्था गरेपछि स्थानियको सकृयतामा भलको निकास गरिएको छ ।

यस्तै श्रमदानबाटै बडिगाड २ राक्सेमा मसानघाट जाने गोरेटोबाटो समेत मर्मत गरिएको छ । बर्खायाममा गोरेटो बाटोमा जाखिम बढेपछि स्थानियको श्रमदानबाट २० मिटर गोरेटो बाटो मर्मत गरिएको स्थानिय तेजेन्द्र घर्तिले बताए । बडिगाड गाउँपालिका ४ जलजलाका वडाध्यक्ष मिलन रेश्मीको पहलमा श्रमदानबाटै तिन वटा झोलुङ्गे पुलको मर्मत गरिएको छ । पुराना झलुङ्गे पुलका काठमा यात्रा गर्न असहज भएपछि वडाको एक लाख बजेटबाट आवश्यक काठ खरिद गरेर श्रमदानबाट काठ परिवर्तन गरि पुल मर्मत गरिएको वडाध्यक्ष रेश्मीले जानकारी दिए ।

बडिगाड १ र ४ जोड्ने भुशुने खोला, जलजलाको दुवारी खोला र बगर खोल झलुङ्गे पुलको स्थानिको सकृयतामा श्रमदानबाटै मर्मत गरिएको उनले बताए । उता बडिगाड १० निगलपानीको उपल्लो गाउँमा फोहोर व्यवस्थापन स्थल निमार्ण गरिएको छ । गाउँपालिकाको पाँच हजार सहयोग र स्थानियको श्रमदानबाट पधेँरा चोकमा फोहोर व्यवस्थापन स्थल निमार्ण गरिएको स्थानिय सुरज कुमार रसाइलीले जानकारी दिए ।





