बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा

सेती नदीबाट अवैध बालुवा उत्खनन गर्दै गरेका तीन टिप्पर नियन्त्रणमा


  • ढाेरपाटन संवाददाता
  • असार ३१ २०८३, बुधबार

पोखरा / कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेका तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३० गते राति करिब १०‍‍.१५ बजे पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले बालुवा लोड गरिरहेको अवस्थामा तीन वटा टिप्पर र चालकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका टिप्पर तथा चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएको थियो। महानगरपालिकाले प्रत्येक टिप्परलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा परेका चालकहरूमा गोरखा घर भई हाल पोखरा–१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङ, रुकुम घर भई हाल पोखरा–१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्ती तथा ओखलढुंगा घर भई हाल पोखरा–२५ याम्दी बस्ने २५ वर्षीय राजु मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->