शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असार ३२ २०८३, बिहिबार

बागलुङ/सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । २०५३ असोज २० गते जिल्ला अदालत पर्वतले सवारी ज्यान मुद्दामा ५ महिना ७ दिन कैद फैसलापछि फरार बागलुङ नगरपालिका वडा नं. ९ तित्याङ कमलडाँडाका राजु थापा भन्ने राज बहादुर थापालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

नगर प्रहरी कार्यालयको टोलीले थापालाई बिहिबार बिहान घरबाटै पक्राउ गरेको हो । थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला बागलुङमार्फत कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

यस्तै, प्रहरीले चोरीको कसुरमा एक जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ स्थित धौलागिरि प्रादेशिक अस्पताल र सोही वडाको आवारोडस्थित एस.के. ज्वेलर्समा मोबाइल चोरी घटनामा संलग्न काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने २९ वर्षिय अमृत खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी घटना संलग्न खड्काबाट प्रहरीले मोबाइल समेत बरामद गरेको छ । चोरीमा संलग्न खड्कालाई अनुसन्धान गर्नको लागि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक त्वातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->