पोखरा/इनरह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । समारोहमा वर्ष २०२५÷२६ की अध्यक्ष अन्जु चालिसेले वर्ष २०२६/२७ का लागि निर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, संयुक्त सचिवमा सिलु चालिसे,आइएसओमा शिबु आचार्य अधिकारी, क्लब एडिटरमा तुलसा चापागाईं तथा बोर्ड सदस्यमा आनन्द बराल निर्वाचित भए ।
समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि इनर ह्वील डिस्ट्रिक्ट ३५० नेपालकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले सेवाभावसहितको नेतृत्वलाई प्राथमिकता दिन आग्रह गरिन् । उनले स्वास्थ्य, वातावरण संरक्षण तथा नेतृत्व विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न इनर ह्वीलका नेतृत्वलाई सुझाव दिइन् ।
कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अफ अन्नपूर्णकी चार्टर अध्यक्ष सर्सिज पालिखेलगायत विभिन्न इनर ह्वील क्लबका अध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सन्ध्या कुँवरले स्वागत मन्तव्य राखिन् । सचिव मुना राना कोइरालाले धन्यवाद ज्ञापन गरिन् भने पूर्व अध्यक्ष सजिना न्यौपानेले कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रम नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।





