शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सञ्चालनको तयारीमा नागढुङ्गा सुरुङमार्ग, साउन ११ मा उद्‍घाटन हुँदै

सञ्चालनको तयारीमा नागढुङ्गा सुरुङमार्ग, साउन ११ मा उद्‍घाटन हुँदै

१९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

काठमाडौं / संघिय राजधानी प्रवेशद्धार बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भइ उद्घाटन र सञ्चालनको तयारी भइरहेको बताए । उनले साउन ११ गते उद्घाटन गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउनेबारे मन्त्रालय छलफल भईरहेको र प्रधानमन्त्री वालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी गरिएको उनको भनाई छ ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको तीन महिनासम्म सुरुङमार्गको परीक्षणकाल सञ्चालन (ट्रायल ओपनिङ पिरियड) हुने बताए ।

उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवत—जावत गर्न दिइ परीक्षणकाल सञ्चालन गरिने छ ।

परीक्षणकालमा कुनै समस्या नआएमा चौथो महिनादेखि सवारीसाधनका लागि पूर्णरुपमा सुरुङमार्ग सञ्चालनमा आउने छ । परीक्षणकालमा ओहोरदोहोर गर्ने सवारीसाधनबाट सडक शुल्क उठाउने वा नउठाउने विषयमा अहिले टुङ्गो नलागेको उनले जानकारी दिए ।

सुरुङमार्ग निर्माण आयोजनाका आयोजना उपनिर्देशक पन्थीले निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिए । निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको छ ।

आयोजनाको काम सम्झौताभन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौताअनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो ।

आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ वढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा ६ अर्ब रुपियाँ खर्च भएको पन्थीले बताए ।

१९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाको लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

यस आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ । आपतकालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारी साधनको प्रकार हेरेर ६० देखि ६ सय रुपियाँसम्म शुल्क तिर्नेपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->