शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

न्यायिक समिति सक्रिय

न्यायिक समिति सक्रिय

न्यायिक समितिले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी कानुनी परामर्श तथा सचेतना संचालन गरिरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८३, आइतबार

बागलुङ/बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२÷८३ मा ३५ मुद्दा फछ्र्याैट गरेको छ । आ.व. २०८१÷८२ बाट दायित्व सरेका ८ सहित समितिमा ३८ मुद्दा आएका थिए । तीमध्ये ३५ मुद्दा फछ्र्यौट भएका हुन् ।

३ विवाद मेलमिलापको प्रक्रिया छन् । बागलुङ नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काका अनुसार, २५ विवाद मेलमिलाप प्रकृयाबाट समाधान भएको, ३ मुद्दामा न्यायिक समितिले फैसला गरेको छ ।

७ मुद्दामध्ये केही तामेली रहेका छन् भने केही मुद्दा फिर्ता भएका छन् । २ मुद्दा न्यायिक प्रकृयामा रहेको र १ मुद्दा मेलमिलापका लागि वडामा रहेको खड्काले जानकारी दिए ।

गत आ.व.मा सबैभन्दा बढी मुद्दा गाली बेइज्जती र रुख हटाइ पाउँमा ९÷९ वटा मुद्दा दर्ता भएका थिए । घरजग्गा विवाद ५, खान लाउन नदिएको २, बाटो निकास २, घरबहाल २ र अन्य १ विवादमा मुद्दा दर्ता भएको संयोजक खड्काले बताए ।

वडागत विवादको हिसाबमा बागलुङ नगरपालिका वडा नं. १ बाट १ वटा, वडा नं. २ बाट ३, वडा नं. ३ बाट ६, वडा नं. ४ बाट ८, वडा नं. ६ बाट १, वडा नं. ७ बाट २ वटा मुद्दा परेका थिए । यस्तै वडा नं. ८ बाट १, वडा नं. ९ बाट १, वडा नं. १० बाट ३, वडा नं. १२ बाट २, वडा नं. १४ बाट २ वटा मुद्दा न्यायिक समितिका दर्ता भएका थिए ।

न्यायिक समितिले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी कानुनी परामर्श तथा सचेतना संचालन गरिरहेको छ । नगरपालिकाले कक्षा ११ मा १० जनालाई र कक्षा १२ पनि १० गरी २० जना विद्यार्थीलाई कानुन विषयमा छात्रवृत्तिको वयवस्था गरेको छ ।

चालु आ.व.मा गत वर्षको विवरणहरु संगालेर न्यायिक समिति प्रोफाइल प्रकाशन गर्ने योजना बनेको न्यायिक समिति संयोजक खड्काले जानकारी दिए ।

न्यायिक समितिले मेलमिलापकर्ताहरुका लागि आधारभूत तालिम र सरोकारवालाका लागि अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । वडा तहमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर पनि गर्दै आएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->