शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘ट्राफिक व्यवस्थापनमा सहकार्य आवश्यक’

‘ट्राफिक व्यवस्थापनमा सहकार्य आवश्यक’


  • ढाेरपाटन संवाददाता
  • साउन ३ २०८३, आइतबार

बागलुङ/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीले ट्राफिक व्यवस्थापनमा सरोकारवालाको सहकार्यमा जोड दिएका छन् ।

कास्कीबाट केही दिन अघि सरुवा भै बागलुङ आएका प्रहरी नायव निरीक्षक ज्ञवालीले ट्राफिक प्रहरीले मात्र व्यवस्थापन गर्न नसक्ने भएकाले सबैको सहकार्यमा जोड दिएका हुन् ।

पत्रकारसंगको परिचय तथा छलफल कार्यक्रममा बोल्दै उनले सरोकारवालको रचनात्मक सहयोग, गल्ती भएमा आलोचनासहित सुझावको अपेक्षा गरेको बताए । उनले गल्ती अनुसारको कारवाही गर्न ट्राफिक प्रहरी प्रतिवद्ध रहेको बताए ।

ट्राफिक व्यवस्थापनका लागि सरकारी कार्यालय नै सकरात्मक नभएको र उनीहरुले नै उल्लंघन गरिरहेको पत्रकारको प्रश्नमा उनले सरकारी कार्यालयमा पार्किङको व्यवस्थापनका लागि सम्बन्धित कार्यालयसंग सहकार्य र पहल गर्ने बताए ।

केही सरकारी कार्यालय परिषरमा पार्किङ गर्ने ठाउँ हुँदाहुदै पनि सेवाग्राहीलाई त्यो सुविधा नदिएको पत्रकारहरुको जिज्ञासा थियो । पत्रकारहरुले अटोको व्यवस्थापन, चालकहरुलाई लागुपदार्थ, मादक पदार्थ सेवन गरे–नगरेको र क्षमताभन्दा बढि यात्रु राखे–नराखेको विषयमा नियमित चेकजाँच हुन सकेमा दुर्घटना कम गर्न सकिने सुझाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->