शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

झरीले करिडोरको पहिरो पन्छाउन सकस

झरीले करिडोरको पहिरो पन्छाउन सकस


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

बागलुङ/भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले शनिबार बिहानैदेखि सडक अवरुद्व छ ।

सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुबहाक सवारी र खाद्यन्न बोकेर आएका मालबहाक ट्रकहरु बेलबगरमै रोकिएका छन् ।

सडक डिभिजन कार्यालयको समन्वयमा जेसीबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहेपनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठूलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब ३ देखि ४ दिनसम्म लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक फणिन्द्र प्रसाईं, सडक डिभिजन कार्यालयका इन्जिनियर सोहन कार्की, जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष ज्ञवाली र स्थानीयबासीको स्थलगत निरीक्षणपछि पहिरो पन्छाउने शुरु गरिएको थियो ।

पहिरो पन्छाउन ३ ओटा मेशिन प्रयोग गरिएपनि निरन्तरको वर्षाले काम प्रभावित भएको जैमिनीका उप–प्रमुख हरिहर शर्माले बताए । ‘‘वर्षा र पहिरो रोकिएको अवस्थामा छिट्टै सडक सुचारु गराउन पहल भइरेको छ’’ शर्माले भने, ‘‘मेशिन सफा गर्दै जाने र पहिरो खस्ने क्रम पनि चलिरहँदा सडक खुलाउन समय लाग्ने देखिन्छ ।’’

ठूलो पहिरो जाँदा जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको मुख्य नाका पुरै क्षतिग्रस्त भएको शर्माले जानकारी दिए । नाकाको निकास तथा विकल्पका लागि पनि प्रयत्न भैरहेकोले सवारी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न शर्माको सुझाव छ ।

यता, करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पाँच वर्षदेखि खसिरहेको पहिरोका कारण सामान्य वर्षा हुँदासमेत सडक अबरुद्ध हुँदा यात्राीले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->