शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धविमाविलाई छात्रा शौलालय हस्तान्तरण

धविमाविलाई छात्रा शौलालय हस्तान्तरण


  • ढाेरपाटन संवाददाता
  • साउन ५ २०८३, मंगलबार

बागलुङ/रोटरी क्लव अफ बागलुङको सहयोगमा धौलागिरि बिरेन्द्र माविमा निर्माण गरिएको छात्रा शौचालय हस्तान्तरण गरिएको छ । समाजिक कार्यमा सक्रिय रहदै आएको क्लवको आर्थिक तथा नैतिक सहयोग र बिद्यालयको सहकार्यमा निर्माण गरिएको छात्रा शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।

रोटरी क्लव अफ बागलुङ, रोटरी डिस्ट्रीक र रोटरी क्लव अफ काठमाण्डौको ३ लाख तथा अन्य रकम बिद्यालयले सहकार्य गर्ने गरि ४ लाख ८ हजारको लागतमा निर्माण गरिएको शौचालय बिद्यालयलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको क्लवका अध्यक्ष पुनमप्रसाद शर्माले जानकारी दिए ।

क्लवका डिस्ट्रीक असीस्टेन गर्भनर बिप्लव हमाल, बागलुङ नगरपालिका कार्यपालिका सदस्य धनमाया शर्मा, क्लवका निवर्तमान अध्यक्ष नारायण गौतम लगायतको उपस्थितीमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सापकोटा र प्रधानाध्यापक भुमीराज गौतमलाई हस्तान्तरण गरिएको शर्माले बताए ।

हस्तान्तरण कार्यक्रममा क्लवका डिस्ट्रीक असीस्टेन गर्भनर बिप्लव हमाल, रोटरी क्लव अफ बागलुङका निवर्तमान अध्यक्ष नारायण गौतम र बिद्यार्थी सुभद्रा गौतमले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुनमप्रसाद शर्माको अध्यक्षता र सहसचिव शालिग्राम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->