म्याग्दी/बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा यस वर्ष साउन महिनाको पहिलो सोमबार गत वर्षभन्दा आधा कम भेटी संकलन भएको छ ।
यस वर्षको पहिलो सोमबार मन्दिरमा भक्तजनहरुले एक लाख ९६ हजार ५ सय ४९ रुपैयाँ भेटी र १३ हजार २ सय ९१ रुपैयाँ रसिद काटेर दान गरेको गरी कुल दुई लाख ९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
शिवालयमा सोमबार चढाएको भेटी रकम मंगलबार सर्वपक्षीय उपस्थितिमा गणना गरेर बैंक दाखिला गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्यसचिव सम्मरबहादुर थापाले जानकारी दिए ।
गतवर्ष साउनमा झण्डै १७ लाख रुपैयाँ भेटी जम्मा भएको थियो । गत वर्ष साउनका चार वटा सोमबार गरी कुल १६ लाख ९८ हजार पाँच सय २९ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव मदन खत्रीले जानकारी दिए । गत वर्षको तुलानामा यस वर्षको पहिलो सोमबार भक्तजनको आगमन कम हुँदा भेटी संकलनमा पनि कम भएको हो ।





