बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिद्धार्थ क्लबको ४२ औँ बार्षिकोत्सव 

सिद्धार्थ क्लबको ४२ औँ बार्षिकोत्सव 


  • ढाेरपाटन संवाददाता
  • साउन ६ २०८३, बुधबार
पोखरा /  सिद्धार्थ क्लब पोखराले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई ४२ औँ बार्षिकोत्सव मनाएको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकालदेखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाको स्थापनाको ४२औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै संस्थालाई वर्तमान समय सम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरे ।
साथै उनले क्लबले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामि दिनमा पनि सम्बन्ध निरन्तरताकोे प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि मानवसेवा आश्रम जिल्ला संयोजक सम्झना बर्ताैलाले मानव सेवा आश्रम बारे जानकारी दिदै क्लबले गर्दै आएको मानव कल्याणकारी कार्यको प्रशंशा गरिन । सम्पन्न कार्यक्रम क्लबका सचिव प्रमोद नारायण श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->