बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरामा स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा


  • ढाेरपाटन संवाददाता
  • साउन ७ २०८३, बिहिबार

पोखरा/  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत थप १८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन ६ गते राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि प्रदूषण गराउने ती मोटरसाइकलहरू समातिएका हुन्।

कारबाहीका क्रममा वडा प्रहरी कार्यालय बैदामको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। त्यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क र हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सबै सवारी साधनमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार अप्रेशन सुरु भएयता हालसम्म ७४० वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->