बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखराको पुरानो टुडिखेलमा तीज महोत्सव

पोखराको पुरानो टुडिखेलमा तीज महोत्सव


  • ढाेरपाटन संवाददाता
  • साउन ७ २०८३, बिहिबार

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालीका–१ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । स्थानीय इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना महोत्सव हुने भएको हो ।

महोत्सवलाई भव्य एंव सभ्य रुपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानीय निकाय, स्थानीय सरोकारवालाहरु, विभिन्न संघसंस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु लगायतको सहभागीतामा छलफल एंव सुझाब संकलन गरेको छ । भेलामा सहभागीहरुले महोत्सव सम्पन्न सगै सफल पार्न सवैले आ आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै २ दशक देखि तीजगित प्रतियोगिता आयोजना गदै आएको जानकारी दिए । ०७६ सालमा पहिलो पटक तीजमेला आयोजना गरेकोमा कोरोनाका कारण दुईवर्ष रोकिएकोमा पछि त्यसलाई महोत्सवका रुपमा निरन्तर संचालन गदै आएको उनले बताए ।

नेपाली कला संस्कृतीको संरक्षण सगै पोखरा १ स्थित गाईघाट क्षेत्रमा केन्द्रले निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उदेश्य रहेको अधिकारीले बताए ।

मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, टपरी गास्ने, विद्यालयस्तरीय लोक नृत्य, गण्डकी प्रदेशस्तरिय छेलो लगायतका प्रतियोगिताहरु संचालन गरिने मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->