शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडका किशोर एकसातादेखि सम्पर्कविहिन

बडिगाडका किशोर एकसातादेखि सम्पर्कविहिन


  • अनिष पाठक
  • साउन ८ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)/एक साताअघि साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका बडिगाड गाउँपालिका–१, थानका १७ वर्षीय लजिन थापा अझै घर फर्किएका छैनन् । साउन १ गते साँभm ८ बजेतिर घर नजिकैका साथीको जन्मदिन मनाउन भन्दै उनी घरबाट निस्किएको लजिनका बुुबा बोमबहादुरले जानकारी दिए ।

स्थानीय र प्रहरीले लजिनलाई खोजी गरिरहेकोे भए पनि अहिलेसम्म उनी फेला पर्न सकेका छैनन् । लजिनको कुनै जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अपिल गरेको छ । ‘एक हप्ताभन्दा बढी भयो । छोराको कुनै जानकारी छैन । छोराको खोजीमा सबैले सहयोग गरिरहनुभएको छ । यतिका दिन हुँदा अब त डर लाग्न थालेको छ’ बोमबहादुरले भने ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले लजिनसँगै त्यो दिन साथमा भएका साथीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । ‘लजिन सम्पर्कविहीन भएदेखिका गतिविधिमा हामीले अनुसन्धान गरिरहेका छौं । शंकास्पद देखिएका उनका केही साथीलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने ।

बुधबार बिहानबाट बडिगाड गाउँपालिका–१, किर्तुल नेपानेकी ८० वर्षीया भूमी सलामी पनि सम्पर्कविहीन भएकी छन् । मंगलबार साँझ बडिगाड गाउँपालिका–२ को लब्दीखोला आसपास स्थानीयले उनलाई देखेको भएपनि अहिलेसम्म फेला नपरेको छोरा यमबहादुरले जानकारी दिए । लब्दीमा स्थानीयसँग आमाले खौलार हिँडेको बताएकाले सोही अनुसार जलजला र खौलार वरपर खोजी गरिरहेको यमबहादुरले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->