बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मोटरसाइकल दुर्घटनामा एक घाइते

मोटरसाइकल दुर्घटनामा एक घाइते


  • अनिष पाठक
  • साउन ८ २०८३, शुक्रबार

बागलुङ (खर्वाङ)/जिल्लाको बडिगाड गाउँपालिका वडा नंं ५ खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन ।

बिहिबार राती ९ बजेट मध्यपहाडी लोकमार्गदेखि करिब एक सय मिटर माथिको भित्री ग्रामिण सडकमा ग १२ प २९४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडिगाड– ४ जलजलाका २५ वर्षिय सुरज विक घाइते भएका हुन् । घाइतेको टाउकोमा गम्भिर चोट लागेको छ ।

घाइते विकको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरास्थित मणिपाल अस्पताल पठाईएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसुन्दर शाहले जानकारी दिए । अध्यारो रातमा सडकको खाल्डोमा परेर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->