बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अवैध रूपमा माटो खन्ने १ जेसिबी र ३ टिप्पर कारबाहीमा

अवैध रूपमा माटो खन्ने १ जेसिबी र ३ टिप्पर कारबाहीमा


  • ढाेरपाटन संवाददाता
  • साउन ८ २०८३, शुक्रबार

पोखरा/  पोखरामा अवैध रूपमा प्राकृतिक दोहन गरिरहेका चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा अवैध रूपमा माटो उत्खनन भइरहेको सूचना प्रहरीले पाएको थियो।

सोही सूचनाका आधारमा विहीबार जिल्ला प्रहरी कार्यालय कास्कीको टोली घटनास्थल पुगेको थियो। माटो लोड गरिरहेको अवस्थामा प्रहरीले १ वटा जेसिबी (स्काभेटर) र ३ वटा टिप्पर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनहरू ग १ क ३७८८ को स्काभेटर, ग १ ख ७७६६, बा १ क ८१७७ र लु १ ख २९२० नम्बरको टिप्परहरु नियन्त्रणमा लिइएको र सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको थियाे ।

महानगरले ७५ हजार जरिवाना गराई ती सवारी साधनहरूलाई छाडिदिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्र कुमार पासवानले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->