शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विदेश घुमाउने बहानामा अनलाइन ठगी

विदेश घुमाउने बहानामा अनलाइन ठगी

भारतीय नागरिकसहित दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८३, शनिबार

पोखरा/ बिदेश घुमाउने प्रलोभन देखाएर अनलाईन स्क्याम (ठगी) धन्दा चलाइरहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर र सप्तरीको कञ्चनपुरका २६ वर्षीय विवेक रेग्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पोखरा–५ पस्र्याङस्थित पुस्पेन्द्र कोइरालाको घरबाट शुक्रबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले ‘ओएसिस टुरिजम इन्टरनेशनल नामको संस्था खडा गरेका थिए । उनीहरूले १५ जना बेरोजगार युवायुवतीलाई काममा लगाएका थिए ।

उनीहरूले मानिसहरूलाई फोन र अनलाइनमार्फत सम्पर्क गर्थे । त्यसपछि एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने प्रलोभन देखाउँथे । उनीहरुले ३एन÷४डी होलीडे भौचर फिल एन्ड विन रजिष्टर एन्ड विन एस्सुरर्ड गिफ्ट लेखिएको कुपन भर्न लगाई रकम असुल्ने गरेका थिए ।

प्रहरीका अनुसार हालसम्म ३० जना व्यक्तिहरू यो गिरोहको ठगीमा परेका छन् । उनीहरुबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिरसकेको खुलेको छ । साथै, १५ जना सोझा युवायुवतीलाई रोजगारीको प्रलोभनमा पारी यस्तो अवैधानिक काममा संलग्न गराइएको थियो।

प्रहरीले उनीहरुबाट कम्प्युटर र मनिटर २, स्ट्याप्म छाप ४, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ वटा, कुपन रसिद ६ थान, काटिएका कुपनका अर्धकट्टीहरू बरामद गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बिरेन्द्र कुमार पासवानले बताए । उनका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->