बागलुङ (खर्वाङ)/जिल्लाको तमानखोला गाउँपालिकाकी श्याममती बुढा तिन दिनपछि फेला परेकी छन् । तमानखोला–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२५ हेम्जा, मिलनचोक नजिक बस्ने ७३ वर्षिया श्याममती बुढा तीन दिनपछि अर्धचेत अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
पोखरा महानगरपालिका–२७ लेखनाथ अर्घाैचोक रवि महल नजिक अर्धचेत अवस्थामा फेला परेकी श्याममतीलाई महलका सुरक्षाकर्मीको पहलमा प्रहरीले उद्धार गरेको हो । उनको करिब ८ तोला सुनको गरहगना र मोबाइल समेत लुटिएको अवस्थामा फेला परेको अध्यक्ष बुढाले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
यस्तै, बुधबारबाट बडिगाड गाउँपालिका–१ किर्तुल नेपानेकी ८० वर्षिया भुमी सलामी सम्र्पकविहिन छन् । सुस्त मनःस्थितीकी भुमी बेपत्ता भएको पाँच दिन भएको छ । गाउँभर खोजी गर्दा पनि आमाको अवस्था पत्ता नलागेको छोरा यमबहादुर सलामीले बताए ।
‘प्रहरीमा पनि जानकारी दिएका छौं । अहिलेसम्म आमाको कुनै खबर छैन । गाउँ नजिकै बेपत्ता युवकको शव फेला परेपछि मनमा चिसो पसेको छ” छोरा यमबहादुरले भने ।




