बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता, वृक्षारोपण सम्पन्न

प्रकृति संरक्षणका लागि लायन्सको ऐक्यबद्धता, वृक्षारोपण सम्पन्न


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

पोखरा/  लायन्स डिस्ट्रिक्ट ३२५ एमको आयोजनामा राष्ट्रिय विभूति थाहा सहिद पार्कमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषिमन्त्री भीमबहादुर कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गभर्नर लायन रत्न पराजुलीले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न लायन्स नेतृत्व, ४२ भन्दा बढी लायन्स क्लबका प्रतिनिधि, पार्क व्यवस्थापन समिति तथा २०० भन्दा बढी प्रकृतिप्रेमी लायन्स लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियान अन्तर्गत पार्क परिसरमा २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ ।

वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जैविक विविधताको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन क्लष्टर–६ प्रमुख लायन सम्झना रानाभाटले गरेकी थिइन् भने कार्यक्रम संयोजक तथा वृक्षारोपण विभाग प्रमुख लायन राजु पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा डिस्ट्रिक्टका सिनियर लिडर लायन किशोर बराल, लायन विकास भुर्तेल, लायन शिवराज आचार्य, लायन चण्डी प्रसाद अर्याल, लायन जगन्नाथ तिमिल्सिना, लायन लक्ष्मण तिमिल्सिना, लायन दिनबन्धु पौडेल, पार्क व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर थापा लगायत डिस्ट्रिक्टका सिनियर लिडरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष लायन राजु पौडेलले वृक्षारोपण अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण लायन्स लिडरहरू, क्लष्टर चीफहरू, लायन्स क्लब अफ पोखरा डेस्टिनेशन परिवार, पार्क व्यवस्थापन समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण गर्नु पनि हामी सबैको साझा दायित्व हो भन्दै वातावरण संरक्षणका यस्ता अभियानलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->