बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेबाट प्रहरीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल पोखरा–१ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभा घर भई हाल घाचोक बस्ने २२ वर्षीय सुदिप विश्वकर्मा रहेका छन्।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले साउन ९ गते दिउँसो उनीहरू बसेको डेराकोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा पलङको पछाडि बोरामा लुकाएर राखिएको काठ, फलाम, ट्रिगर, घिर्नी र तार जडान गरिएको घरेलु हतियार बरामद भएको छ। पक्राउ परेका दुवै जनामाथि कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->