बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पाँच दिनदेखि बेपत्ता वृद्वा मृत फेला

पाँच दिनदेखि बेपत्ता वृद्वा मृत फेला


  • अनिष पाठक
  • साउन ११ २०८३, सोमबार

बागलुङ/पाँच दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाकी एक वृद्वा मृत फेला परेकी छन् । गत बुधबार बिहानदेखि बेपत्ता भएकी बडिगाड–१ किर्तुल नेपानेकी ८० वर्षिया वृद्वा भुमी सलामी सोही ठाउँको ठुलो गैरामा मृत फेला परेकी हुन् ।

सुस्त मनःस्थितीकी सलामी गत साउन ६ गते बिहान घरबाटै बेपत्ता भएको छोरा यम सलामीले बताउनुभयो । सलामी बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी गर्दा पाँच दिनपछि सडेगलेको अवस्थामा मृत फेला परेको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक नारायण कुँवरले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालमा हरिचौरमा लगिएको प्रनानि मरासिनीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यता, बागलुङ बजारको एक रेष्टुरेण्टमा करेन्ट लाग्दा एक जना घाइते भएका छन् । हल्लनचोकस्थित वेस्ट वन रेष्टुरेण्टमा इन्भटर जोड्ने क्रममा काठेखोला गाउँपालिका–४ तंग्राम घर भई रेष्टुरेण्टमा काम गर्ने २६ वर्षिय डम्मर बहादुर पुन घाइते भएका हुन् ।

घाइते पुनको टाउको र खुट्टामा गम्भिर चोक लाग्दा बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->