बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पहिरोले बडिगाडको एक घर क्षति

पहिरोले बडिगाडको एक घर क्षति


  • ढाेरपाटन संवाददाता
  • साउन ११ २०८३, सोमबार

पहिरोले पुरिएको जलजलाका दुर्गाबहादुर दर्लामीको गोठसाले घर । तस्बिर सौजन्य : तिलक घर्ति मगर

बागलुङ/अविरल वर्षासंगै घर माथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा एक घर क्षति पुगेको छ । पहिरोले बडिगाड–४ जलजला नैतुल छापहिलेका दुर्गाबहादुर दर्लामीको गोठसाले घर (घरगोठ एकै ठाँउ भएको) मा घरमा क्षति पुगेको हो ।

आइतबार राती खसेको पहिरोले मानवीय क्षति नभएपनि घरमा बस्नै नमिल्ने गरी पुर्णरुपमा क्षतिग्रस्त बनेको बडिगाड–४ जलजलाका वडा अध्यक्ष मिलन रेश्मीले जानकारी दिए । वर्षाले पहिरोको जोखिम बढेपछि आइतबार राती नै दर्लामी परिवार आफ्नै पुरानो घरमा सर्दा मानवीय क्षति हुन नपाएको रेश्मीले बताए ।

‘‘पहिरो खस्ने संभावना देखेकै कारण दर्लामी परिवार छोरि बस्ने नजिकैको आफ्नै घरमा सर्दा मानवीय क्षति टरेको छ’’ रेश्मीले भने, ‘‘घरमा भएका खाद्यान्न, लत्ताकपडा र भाडाकुँडा भने पहिरोमा पुरिएका छन् ।’’

स्थानीयबासीको सक्रियतामा पहिरोमा पुरिएका सामग्री खोज्ने काम भइरहेको वडाध्यक्ष रेश्मीले जानकारी दिए । लायन्स क्लब बागलुङ बडिगाडले तत्कालको लागि खाद्यन्न भाडाकुँडा र लत्ताकपडा सहितको सहयोग लिएर पहिरो प्रभावित क्षेत्रमा जाँदै गरेको समेत वडाध्यक्ष रेश्मीले बताए ।

प्राकृतिक बिपत्तिको पुर्वानुमान गर्दा ठूलो मानवीय क्षति टरेको प्रहरी चौकी खारका प्रमुख प्रहरी साहायक निरिक्षक श्याम सुन्दर शाहले बताए । पहिरोले घर पुरिँदा भएको क्षतिबारे तथ्यांक संकलनपछि एकीन हुने शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->