बागलुङ (खर्वाङ)/बागलुङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गराएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, सोमबार बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गास्थित सडक खण्डमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त टिप्पर फेला पारिएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको बा प्र ०३–००१ क ०२५२ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । नगरपालिकाको कार्यालयले उक्त टिप्परलाई १५ हजार रूपैयाँ जरिवाना गराएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।




