शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा बाढीपहिरो सम्बन्धी सचेतनामूलक कार्यक्रम

बागलुङमा बाढीपहिरो सम्बन्धी सचेतनामूलक कार्यक्रम


  • ढाेरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार

बागलुङ/  जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत इलाका प्रहरी कार्यालय झिवाखोला र प्रहरी चौकी बाटाकाचौरले मंगलबार बाढी तथा पहिरोको जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

मनसुन सक्रिय भएका बेला हुनसक्ने प्राकृतिक विपद्लाई ध्यानमा राख्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई बाढी तथा पहिरोबाट हुन सक्ने क्षति, जोखिम न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सुरक्षा सावधानीका बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा प्रहरीले विपद्को समयमा गर्नुपर्ने आवश्यक कार्य, सुरक्षित स्थानमा कसरी स्थानान्तरण हुने र आपतकालीन अवस्थामा सम्पर्क गर्ने तरिकाबारे पनि प्रशिक्षण दिएको थियो। प्रहरीले यस प्रकारका सचेतनामूलक कार्यक्रमले स्थानीय समुदायलाई विपद् प्रतिरोधी बनाउन मद्दत गर्ने र जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

मनसुन अवधिभर जिल्लाका विभिन्न स्थानमा यसैगरी सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->