बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गण्डकीमा ९० प्रतिशत रोपाइँ

गण्डकीमा ९० प्रतिशत रोपाइँ

यस वर्ष प्रदेशभरमा कुल ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएकोमा ८३ हजार ४२२ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।


  • स‌जय रेग्मी
  • साउन १३ २०८३, बुधबार

पर्वत / मध्य साउनमा आइपुग्दा गण्डकी प्रदेशमा करिब ९० प्रतिशत धान रोपाइँ पूरा भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सङ्कलन गरेको पछिल्लो तथ्याङ्कमा प्रदेशका ११ मध्ये ९ जिल्लामा ८९.१२ प्रतिशत क्षेत्रफलमा रोपाई भएको हो । प्रदेशमा हिमाल पारीको जिल्लाका रूपमा रहेका मुस्ताङ र मनाङमा भने रोपाई हुँदैन ।

यस वर्ष प्रदेशभरमा कुल ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएकोमा पछिल्लो तथ्याङ्क लिइएको यो साताको सुरुसम्म ८३ हजार ४२२ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत बजार, तथ्याङ्क तथा व्यवसाय प्रवद्र्धन महाशाखामा कार्यरत कृषि प्रसार अधिकृत राममाया कडरियाका अनुसार सबैभन्दा बढी कास्कीमा ९६ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम बागलुङ, म्याग्दी र पर्वतमा ८० प्रतिशत रोपाई सकिएको छ । यस्तै गोरखामा ८५.४२, लमजुङमा ९०, तनहुँमा ९४.०९, स्याङ्जामा ९०.२४ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ९२.१ प्रतिशत रोपाई भएको छ ।

गण्डकीमा धान उत्पादनका प्रमुख क्षेत्रका रूपमा गोरखाको छेवेटार, भुसुन्डेफाँट, पालुङटार, ज्यादुखोला, आरुघाट, घ्यालचोक, सिरानचोक, घ्याम्पेसाल लमजुङको राइनास, मध्यनेपाल, सुन्दरबजार, बेशीशहर, मस्र्याङ्दी, दोर्दी तनहुँका भानु, व्यास, शुक्लागण्डकी, म्याग्दे, भिमाद, बन्दीपुर, आबुँखैरेनी, देवघाट रहेका छन् । यस्तै पर्वतको ठुलीपोखरी, कटुवाचौपारी, कुर्घा, पूर्णगाउँ, घुरुङ्गा, तिलाहार, बिहादी, बर्राचौर, सरौँखोला कास्कीको फेवाफाँट, कमलपोखरी, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, भिडावारी, लुम्रे, पुल्चोक, साखर, छहरे, साखर, तालबेसी, मकैखोला, तारकाङ्ग, भैसे, सुनपँदाली लगायतका क्षेत्र धान खेतीका लागि प्रख्यात छन् ।

स्याङ्जाको फेदिखोला, अर्जुनचौपारी, सिस्नेपानी, पुतलीबजार नगरपालिकाका विभिन्न वडा, आँधिखोला आसपास क्षेत्रहरू, वालिङ र गल्याङका केही भागहरू, कालीगण्डकीका विभिन्न वडाहरू, म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरंजा, वावियाचौर, कुहूँ, अर्मन, दर्बाङ्ग, ताकम, घतान, पात्लेखेत, राखु बागलुङका गलकोट, निसिखोला, बडिगाड, जैमिनी, ताराखोला, तमानखोला, बरेङ, काठेखोला तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सबै स्थानीय तहहरूमा धान खेती हुने गरेको भए पनि मुख्य गरी कावासोती, मध्यविन्दु र देवचुलीमा धान उत्पादन हुने गरेको छ ।

गण्डकीमा सावित्री, रामधान, सुक्खा, सावा मन्सुली, जेठोबुढो, मकवानपुर–१, यु.एस.–३१२, बिरमफूल, पहेँले, झिनुवा, खुमल–४, गौरिया, एकले, अनधी, जर्नेली, मार्सी, गुडुरा, कालो धान लगायतका स्थानीय जातका धान बण्ी उत्पादन हुने गरेको कृषि प्रसार अधिकृत राममाया कडरियाले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->