बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटकलाई सास्ती दिने ८ जना पक्राउ

पर्यटकलाई सास्ती दिने ८ जना पक्राउ


  • ढाेरपाटन संवाददाता
  • साउन १३ २०८३, बुधबार

पोखरा/  पोखराको पर्यटकीय क्षेत्र लेकसाइड तथा बिरौटा इलाकामा पर्यटक र यात्रुलाई दुःख तथा हैरानी दिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति पौने ११ बजेको समयमा पर्यटकलाई अनावश्यक रुपमा पछ्याउने, आकर्षक र सस्तोमा होटल मिलाइदिने बहानामा तानातान गर्ने तथा बार्गेनिङ गरी सास्ती दिने काम भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा सिआरभी बिरौटा र हल्लनचोकबाट खटिएको प्रहरी टोलीले बिरौटाबाट पाँच जना र हल्लनचोकबाट तीन गरी आठ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->