बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासन आग्रह

सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासन आग्रह

पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

पोखरा / जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ।

कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ।

सूचनामा विभिन्न व्यक्ति, संस्था वा समूहले आफ्नो विचार, प्रदर्शन तथा कार्यक्रमको प्रचार–प्रसारका लागि सार्वजनिक स्थल प्रयोग गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।

‘शान्तिपूर्ण रूपमा भेला हुन पाउने नागरिकको संविधान प्रदत्त अधिकारको सुनिश्चिततता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, जुलुस वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि’ स्थानीय प्रशासनको स्वीकृति लिएर आयोजना गर्न प्रशासनले अनुरोध गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->