बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा


  • ढाेरपाटन संवाददाता
  • साउन १४ २०८३, बिहिबार

पोखरा/ नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीले जनाएको छ ।

यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो । यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो । प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली लागू भएको पुष्टि गरेको छ ।

प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधा समेटिएका छन् । कम्पनीका अनुसार यसले सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवा अन्तर्राष्ट्रिय स्तरअनुसार रहेको पुष्टि गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन फैजुले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र केवल उपलब्धि मात्र नभई प्रत्येक ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए । उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह अनुभव गर्नेछन् । त्यस्तै, प्रमुख सञ्चालन अधिकृत (सीओओ) रनिल फैजुले यो मान्यता वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको प्रणाली र मापदण्डको अन्तर्राष्ट्रिय प्रमाणीकरण भएको उल्लेख गरे । उनले गुणस्तर, निरन्तर सुधार र सरसफाइलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

१८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सुरु भएको ट्रन्क्यूलिटी स्पाले हाल काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीमा ३ सयभन्दा बढीले रोजगारी पाएका छन् । यस्तै, कम्पनीको प्रशिक्षण संस्था ट्रन्क्यूलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमी मार्फत हालसम्म ३ हजार ५ सयभन्दा बढी व्यक्तिले वेलनेससम्बन्धी व्यावसायिक सीप हासिल गरिसकेका छन् ।

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्तिसँगै ट्रन्क्यूलिटी स्पाले अन्तर्राष्ट्रिय गुणस्तरअनुसार सुरक्षित, व्यवस्थित र विश्वसनीय वेलनेस सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->