बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भदौ २ गते बलेवामा हरेलो मेला गरिने

भदौ २ गते बलेवामा हरेलो मेला गरिने


  • ढाेरपाटन संवाददाता
  • साउन १५ २०८३, शुक्रबार

बागलुङ/आगामी भदौ २ गते बागलुङ नगरपालिका वडा नं. १२ मा हरेलो मेला हुने भएको छ । नाग पञ्चमी पछिको पहिलो मंगलबारको रुपमा भदौ २ गते हरेलो गर्ने परम्परा अनुसार यो वर्ष पनि हरेलो मेला गर्न लागिएको बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।

समितिले पत्रकार सम्मेलन गरेर हरेलो मेलाबारे विस्तृत जानकारी गराएको हो । उक्त अवसरमा हरेलोलाई मौलीक मेलाको रुपमा विकास गर्ने, आएका भक्तजनलाई सहज रुपमा पुजा गर्ने वातावरण बनाउने, पाहुनालाई सहज रुपमा भैरवस्थान लैजाने, कलाकारबाट गीत संगीत प्रस्तुती गर्ने लक्ष्य राखिएको छ ।

परापुर्व कालदेखि वर्षे बाली लगाईसकेपछि रोग किराबाट बचाउन हरेलो गर्ने चलन छ । हरेलो गरिसकेपछि भैरवस्थानमा गएर पुजा गर्ने र प्रसाद खाएर भजनकृतन गरी फर्कने चलनलाइ केही वर्षदेखि समितिले हरेलो मेलाको रुपमा विकास गर्न लागेको हो ।

तीन वर्षअघि गरिएको मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यहाँको सडक बनाउने प्रतिवद्दता गरेपछि पैयुपाटा तर्फको सडक कालोपत्र भैसकेको छ । अब फेरी अमलाचौर तर्फको सडक कालोपत्रको तयारी भएको छ । यहाँ भौतिक संरचना निर्माण, सुरक्षा प्रवन्ध र पुजा व्यवस्थापनका लागि विभिन्न विकास निर्माणका काम गरिएको छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारमार्फत गीत संगीतको व्यवस्थापन, प्रचार प्रसार, आम नागरिकलाई हरेलोबारे जानकारी गराउने जस्ता काम पनि गरिने भएको छ ।

मेलामा ८ लाख ८० रुपैयाँ खर्च हुने गरी प्रस्तावित आयव्ययको लक्ष्य राखिएको कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, सचिव भीमप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु कोपिलामणी शर्मा, चक्रबहादुर खत्री सहभागि थिए । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यो मेलाले मौलिक परम्परा र पर्यटन प्रवद्र्दनमा साथ दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->