शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा बागलुङको सभापतिमा शर्मा र रायमाझीबीच प्रतिष्पर्धा

रास्वपा बागलुङको सभापतिमा शर्मा र रायमाझीबीच प्रतिष्पर्धा


  • ढाेरपाटन संवाददाता
  • साउन १६ २०८३, शनिबार

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा र ढालेन्द्र रायमाझी भीड्ने भएका छन् । शनिबारदेखि बागलुङ बजारमा शुरु भएको प्रथम अधिवेशनमा शर्मा र रायमाझीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

गत जेठ २३ गते गलकोटमा सम्पन्न अधिवेशनबाट पुनम शर्माको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा गरिएको थियो । सभापतिका अर्का आकांक्षी ढालेन्द्र रायमाझी पक्षले विरोध जनाएपछि अधिवेशन प्रक्रियासम्बन्धी केन्द्रमा उजुरी परेको थियो । उजुरीमाथि सुनुवाई गर्दै रास्वपाको केन्द्रीय निर्वाचन आयोगले कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको थियो ।

निर्वाचन समितिका प्रमुख डा. राम गुरुङले सभापति पदमा शर्मा र रायमाझीको उम्मेदवारी परेको जानकारी दिए । उपसभापतिमा खिमानन्द पौडेल र देवु बुढाथोकी, सचिवमा लिलबहादुर खत्री (बबिन) र प्रकाश रिजाल, सह–सचिवमा हेमलाल उपाध्याय (बालकृष्ण) र कमलप्रसाद खरेलले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्य पदमा खिमलाल जैसी सापकोटा, सुनिता विक, हुमकुमारी भण्डारी, ओमप्रसाद न्यौपाने र दुर्गा गौतम उम्मेदवारी दिएका छन् ।

जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. १ को संयोजकमा रामप्रसाद अधिकारी र यमकुमार मल्ल, जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. २ को संयोजकमा हिमाल खत्री र कृष्णबहादुर नेपालीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजकमा लालबहादुर पाठक, निर्वाचन क्षेत्र नं. १ (क) संयोजकमा टिकाराम सापकोटा तथा निर्वाचन क्षेत्र नं. २ सचिवमा दिपेन्द्र खत्री क्षेत्रीको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->