शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्य न्यायाधिस लामिछानेको बिदाइ

मुख्य न्यायाधिस लामिछानेको बिदाइ


  • ढाेरपाटन संवाददाता
  • साउन १६ २०८३, शनिबार

बागलुङ/उच्च अदालत बागलुङमा २६ महिनादेखि कार्यरत मुख्य न्यायाधिस नातीबाबु लामिछानेको विभिन्न संस्थाले बिदाइ गरेका छन् । सरुवा भएर उच्च अदालत इलाम जान लागेका लामिछानेलाई बार, अदालत र अन्य संस्थाले बिदाइ गरेका हुन् ।

उच्च अदालतमा कार्यरत रहेको बेला लामिछानेले न्यास सम्पादन मात्र नभइ बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला अदालतको प्रभावकारी अनुगमन गरी न्याय सम्पादका लागि मार्ग निर्देशन गरेको, सबै बार एसोसिएसनको सहकार्य गरेको र न्याययिक क्षेत्रको सुधारका साथ दिएको सरोकारवालाले बताए ।

शुक्रबार भएको बिदाइ कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले लामिछानेमा फैसला मात्र नभइ न्याय गर्ने क्षमता रहेको बताए । उनले सबै न्यायाधिसमा न्याय गर्ने क्षमता नहुने भन्दै लामिछानेले गरेका कामबाट सबै प्रभावित भएको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु हरिप्रसाद शर्मा, भूमिश्वर शर्मा गौतम र केशवराज पराजुलीसहित बारका पुर्व अध्यक्षहरु राजु गौतम र राम शर्मा, पर्वत र म्याग्दी बारका अध्यक्ष तथा सचिवहरुले उच्च अदालत र मुख्य न्यायाधिसबाट धेरै सिकाइ भएको बताए ।

बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै न्यायाधिस लामिछानेलाई जिल्ला अदालत बागलुङ, म्याग्दी र पर्वत, कालीका भगवती गुठी व्यवस्थापन समिति, ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय बागलुङ समेतले सम्मान र बिदाइ गरेका थिए ।

लामिछानेको सरुवा भएको स्थानमा मुख्य भइ काम गर्ने गरी यमुना भट्टराई आउने भएको उच्च अदालत बागलुङका रजिष्ट्रार रामबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->