सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित

जिल्ला उपसभापतिमा खिमानन्द पौडेल निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८३, शनिबार

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनमा सभापतिमा रायमाझी निर्वाचित भएका हुन् ।

उनी प्रतिस्पर्धी पुनम प्रसाद शर्मालाई ११ मतको अन्तरले पराजित गर्दै विजयी बनेका हुन् । रायमाझीले ९३ मत प्राप्त गरे भने शर्माले ८२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जिल्ला उपसभापतिमा खिमानन्द पौडेल निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देबुजंग बुढाथोकीले ७५ मत प्राप्त गरेका छन् ।

सचिवमा लिलबहादुर (बबिन) खत्री १११ मत लिएर विजयी भएका छन् । प्रतिस्पर्धी प्रकाश रिजालले ६५ मत प्राप्त गरेका छन् । सहसचिवमा बालकृष्ण शर्मा ८८ मत लिएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कमल प्रसाद खरेलले ८५ मत प्राप्त गरेका छन् ।

निर्वाचनबाट क्षेत्र नं. १ को संयोजकमा राम प्रसाद अधिकारी १०२ मत लिएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी यम कुमारी मल्लले ६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, क्षेत्र नं. २ को संयोजकमा हिमाल खत्री ९७ मत लिएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्णबहादुर ले ७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->