बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्येष्ठ नागरिक सेवा समाजको साधारणसभा

ज्येष्ठ नागरिक सेवा समाजको साधारणसभा


  • ढाेरपाटन संवाददाता
  • साउन १७ २०८३, आइतबार

पोखरा / ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा– २७ को प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको कार्यालय अर्घौं घरेलुचौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले ज्येष्ठ नागरिक प्रेरणाका स्रोत भएकाले उनीहरुका अनुभव महत्वपूर्ण रहने वताए ।

स्वर्गीय हिरामणि सुवेदीको योगदान सम्झिदैँ समाजको भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष धु्रवबाबु भट्टराई, अर्घौ सामाजिक सेवा संस्थाका अध्यक्ष मथुरा श्रेष्ठ, समाजसेवी नारायणमणी लामिछाने, ज्येष्ठ नागरिक सेवा समाज पोखरा–२६ का अध्यक्ष जगन्नाथ तिमिल्सेना, ज्येष्ठ नागरिक सेवा समाज पोखरा–१४ का अध्यक्ष नवीन पौडेल, पोखरा–३० का अध्यक्ष तारानाथ पौडेलले शुभकामना दिएका थिए ।

यसैगरी पूर्व वडासदस्य शेखरनाथ लामिछाने, संस्थाका सल्लाहकारहरु प्रयागराज भण्डारी, रामनरेश यादव, विधान निर्माण समितिका अध्यक्ष दण्डपाणि पौडेल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायतले पनि बोलेका थिए । ऋषिकेश बरालले जीवनको उत्तरकालमा रहेका ज्येष्ठ नागरिकप्रति समर्पित कविता वाचन गरे ।

उपाध्यक्ष रमाकुमारी पौडेलले स्वागत गरेको कार्यक्रममा सचिव कलाधर सापकोटा र कोषाध्यक्ष अणनाथ बरालका प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएका थिए । कार्यक्रम सल्लाहकार राधामोहन पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->