सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

धार्मिक कृति विमोचन

धार्मिक कृति विमोचन


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८३, सोमबार

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर, श्रीशालग्राम क्षेत्र कुँडुले फेदीमा स्वामी श्रीधराचार्यको जन्मोत्सवको अवसर पारेर तीन पुस्तक विमोचन गरिएको छ । सो अवसरमा श्रीधराचार्यको स्मृतिमा निर्मित स्तम्भको पनि उद्घाटन गरिएको छ ।

मन्दिरका परिकल्पनाकार स्वामी श्रीधराचार्यको ८७ औ जन्म नक्षत्रको अवसर पारेर पर्वतको नाङ्लीवाङस्थित लक्ष्मीनारायण मन्दिरका संरक्षक स्वामी टिकाराम आचार्यलाई नगद ५१ हजार रुपैयाँसहित अभिनन्दन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तीनदिने कार्यक्रमअन्र्तगत ४८ घण्टे हरिकिर्तन, विष्णु सहस्रनाम पाठपारायण, धार्मिक प्रवचन, विभिन्न विद्यालयका प्रधानाध्यापकलाई श्रीमद् भागवन गिता वितरण लगायतका कार्यक्रम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्रम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर र शालग्राम संग्रहालयले धार्मिक तथा पर्यटनको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको बताए । कालिगण्डकी, मुक्तिनाथ, पञ्चकोटधाम, बागलुङ कालिका लगायत धार्मिक धरोहरको विकास र प्रचार प्रसारका लागि नगरपालिका सदैव साथमा रहने बताए । यहाँको शालग्राम संग्रहालय नेपालमा मात्र नभएर अन्र्तराष्ट्रिय रुपमै चर्चा हुनु बागलुङको लागि गौरवको विषय भएको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा अनन्त श्रीविभूषित जियर स्वामी रामप्रपन्नाचार्य, वैदिक वाङ्मयका विशिष्ट विद्वान स्वामी श्रीकृष्णाचार्य, सन्त स्वामी टीकारामाचार्यको सहभागिता थियो ।

नयाँ धार्मिक संरचनासहित सुरुङभित्र संग्रहित सवा लाख शालिग्रामको दर्शनका लागि पछिल्लो समय यस मन्दिर पछिल्लो समय धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । गतवर्ष १ लाख ३० हजार बढी पर्यटकले संग्रहालयको अवलोकन गरेको संग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->