सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन

मगर संघ संगम इकाईमा सञ्चालित मगर भाषा कक्षाको समापन


  • ढाेरपाटन संवाददाता
  • साउन १८ २०८३, सोमबार

पोखरा/  नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९, खल्याड, कास्कीको आयोजनामा सञ्चालित १५ दिने आधारभूत मगर भाषा प्रशिक्षणको समापन गरिएको छ ।

गत साउन १ गतेदेखि सुरु भएको मगर भाषा प्रशिक्षणको शुक्रबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष एवं मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले यस्ता मगर भाषा प्रशिक्षणले मगर भाषाको संरक्षण र उत्थानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको बताए । प्रशिक्षणका क्रममा सिकेका कुरालाई बोलचाल र अभ्यासमा ल्याउन आग्रह गर्दै प्रशिक्षक श्रीसमगरले घरपरिवारमा नबोलेसम्म मगर भाषाको संरक्षण हुन नसक्ने जनाए । श्रीसमगरले मगर भाषाको संरक्षणका लागि राज्यसँगै समुदाय पनि गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, इकाई समितिका संस्थापक अध्यक्ष तिलबहादुर सारूमगरले मगर भाषा हराउँदै जान थालेको अवस्थामा भाषा प्रशिक्षण सञ्चालन गरेर इकाईले उल्लेखनीय कार्य गरेको बताए । इकाईका सल्लाहकार मोहनीलाल थापामगरले लोपोन्मुख मगर भाषाको संरक्षणका लागि हरेक मगर बस्तीमा मगर भाषा प्रशिक्षण चलाउनु जरुरी रहेको उल्लेख गरे ।

नेपाल मगर संघ, संगम इकाई समितिका अध्यक्ष खर्कबहादुर थापामगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष भीमा थापामगर र सहसचिव सीता आलेमगरले पनि आफ्नो भनाई राखेका थिए । मगर भाषा प्रशिक्षणमा इकाईका २५ प्रशिक्षार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->