सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

गण्डकीमा गाँजा खेतीका लागि वैधानिक बाटो खुल्यो

गण्डकीमा गाँजा खेतीका लागि वैधानिक बाटो खुल्यो


  • ढाेरपाटन संवाददाता
  • साउन १८ २०८३, सोमबार

पोखरा/ गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेश सभाबाट पारित भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रमाणीकरण भएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले प्रदेश सभाबाट दोस्रो पटक पारित भई आएको विधेयक प्रमाणीकरण भएको बताए । यो विधेयक पहिलो पटक असार २५ गते पारित भई असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको थियो।

देश प्रमुखले नेपालको संविधानको धारा २०१ को उपधारा ३ बमोजिम साउन ८ गते पुनर्विचारका लागि सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सभाले विधेयकलाई साउन १५ गते यथावत् रूपमा पुनः पारित गरी प्रमाणीकरणका लागि पठाएको थियो।

संविधानको धारा २०१ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखले आज साउन १८ गतेका दिन विधेयक प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरणसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, यसको नियमन, उत्पादन, उपयोग तथा व्यवस्थापनसम्बन्धी कानुनी आधार तयार भएको छ।

प्रदेश प्रमुख भट्टले संघीय कानुनसँग बाझिएको भन्दै ३ सन्देशसहित विधेयक फिर्ता गरेका थिए । गण्डकीमा विधेयक फिर्ता भएको यो पहिलो घटना थियो । कुनै पनि बिधेयक प्रदेश सभाले दोस्रोपटक पारित गरी पठाएमा प्रदेश प्रमुखले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->