सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

पोखरा बसपार्कका भूमिहीनको अन्तिम नामावली साउन २२ मा सार्वजनिक हुने

पोखरा बसपार्कका भूमिहीनको अन्तिम नामावली साउन २२ मा सार्वजनिक हुने


  • ढाेरपाटन संवाददाता
  • साउन १८ २०८३, सोमबार

पोखरा/ पोखरा– ९ स्थित पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली आगामी साउन २२ गते प्रकाशित हुने भएको छ।

महानगरपालिकाका अनुसार बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको निवेदन र कागजात छानबिन गरी स्थलगत निरीक्षणपछि गत साउन २ गते नामावली प्रकाशित गरिएको थियो।

उक्त प्रकाशित नामावलीमाथि दावी विरोध पेश गर्न दिइएको समयावधिभित्र १४६ वटा निवेदनहरू दर्ता भएका छन् । परेका निवेदनहरूको अध्ययन भइरहेको र भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति तथा अन्य सरोकारवालाहरूसँग छलफल जारी रहेको महानगरले जनाएको छ।

यसअघि साउन १८ गते नै अन्तिम नामावली प्रकाशन गर्ने भनिए पनि विवरण अध्यावधिक गर्ने कार्य बाँकी रहेकाले साउन २२ गतेसम्म म्याद थप गरिएको पोखरा महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->