बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पहिरोले घरगोठमा क्षति, एक घर जोखिममा

पहिरोले घरगोठमा क्षति, एक घर जोखिममा

पहिरोले स्थानीय ओम बहादुर बुढाको घर र गोठ पनि जोखिममा परेको छ ।


  • अनिष पाठक
  • साउन १९ २०८३, मंगलबार

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिममा निरन्तर वर्षा संगैको पहिरोले बडिगाड गाउँपालिकाको एक घर गोठमा क्षती गरेको छ । आज बिहान बडिगाड–४ जलजलाका स्थानिय लालबहादुर विकको घरगोठ पहिरोले पुर्ण रुपमा क्षती गरेको वडाध्यक्ष मिलन रेश्मीले जानकारी दिए । अहिले लालबहादुर आफ्नै अर्काे घरमा बसेका छन् ।

पहिरोले स्थानीय ओम बहादुर बुढाको घर र गोठ पनि जोखिममा परेको छ । बुढाको घरगोठ नजिकैबाट पहिरो गएको र अझै केही दिन पानी परे ओमबहादुर घर गोठमा पनि क्षती पुग्ने भएकाले छिमेकी ढालबहादुर बुढाको गोठमा अस्थायी बासको व्यवस्था गरिएको वडाध्यक्ष रेश्मीले बताए ।

यस्तै गत साउन ११ गते अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षती पुगेको जलजला छापहिलेका दुर्गाबहादुर दर्लामीको परिवारलाई आवश्यक जस्तापाता समेत वडाध्यक्ष रेश्मीले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->